लालपुर्जा पाउँदै बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासी

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ०६


विशाल बस्नेत

महोत्तरी । बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको लालपुर्जा पाउने भएका छन् । लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर विदुर कार्कीले बताए । डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेको छ ।

नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुनः सम्झौता गरी लागत संकलन तथा नापजाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ । नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् ।

अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा पाउने बाटो खुलेको हो ।


प्रतिक्रिया दिनुहोस्