रंगशाला निर्माणमा अनियमितता गरेको आरोपमा धुर्मुस सुन्तली विरुद्ध अख्तियारमा उजुरी

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ३१


काठमाडौं । रंगशाला निर्माणमा अनियमितता गरेको आरोपमा धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार दर्ता भएको उजुरीमा नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप लगाइएको छ ।

भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् । दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको भन्दै दुवैजनालाई छानविनको दायरामा ल्याउन माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्