राष्ट्रसङ्घद्वारा नेपाली शान्ति सैनिकको सहासिक कामको सराहना

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : ३८


जेनेभा। संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत मुलुक सेन्ट्रल अफ्रिकन कारमा शान्ति स्थापनाका लागि तैनाथ जबरजङ्ग गण तेस्रो डफ्फाले जिम्मेवारी क्षेत्र गरेको सहासिक कामको सराहना गरेको छ।

गत मङ्सिर २७ देखि ९ देखि हालसम्म सञ्चालन भइरहेको गस्ती खोजी कार्यमा हतियारधारी समूहलाई नेपाली सैनिकले आफ्नो कार्यक्षेत्रबाट हटाउन सफल भएकोमा उक्त कार्यको सराहना गर्दै राष्ट्रङ्घका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कारमा तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डले हतियार धारिलाई हटाउँदै स्थानीयको सुरक्षाका लागि प्रभावकारी काम गरेको भनी योगदानको उच्च मूल्याङकन गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको हो।


प्रतिक्रिया दिनुहोस्