प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ५०


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले जानकारी दिने तयारी गरेका हुन्।

सरकारले पुस २९ गते ६ महिना पूरा गरेको थियो। प्रधानमन्त्री निकट स्रोतले सरकारका उपलब्धि, पारिस्थितिक र चुनौतीका बारेमा सम्बोधन हुन लागेको भए पनि समय र मितिबारे भने टुंगो लागिसकेको छैन।


प्रतिक्रिया दिनुहोस्