पर्वतl मेरा विरोधहरु तुहाउने कोशिस गर
हिलोले मलाई नुहाउने कोशिस गर।
हिरा कसो टुक्राउला र मट्यांग्राले
सकिन्छ भने कुहाउने कोशिस गर।
ठोस् हमला कायरद्वारा के अपेक्षा
मार्ने भए विष खुवाउने कोशिस गर।
आँसु पनि म आफै पुछ्न सक्छु
हिम्मत भए अझै रुवाउने कोशिस गर।
खुट्टो मेरो काटी अग्लो हुने लिलिपुट
कमसेकम उचाइमा सुहाउने कोशिस गर।
–लक्ष्मण शर्मा पौडेल