यस्तो छ आज सुनचाँदीको बजार भाउ

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : १४


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसैगरी, तेजावी सुन तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्