नेपालमा आज ४ हजार ६३६ जना कोरोनाका संक्रमित थपिँदा ४ जनाको मृत्यु

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ४ : ५५


काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै सोही अवधिमा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको यही भाइरसबाट मृत्यु भएको छ ।

यससँगै हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ। सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन्।


प्रतिक्रिया दिनुहोस्