आजको राजनीति (गजल)

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ३ : ५५


काठमाडौं। स्वार्थको खातिर जेपनि जान्नु राजनीति हो
सेतो कालो,कालो सेतो मान्नु राजनिती हो।

अरुको गल्तीमा वकिल भई वकालत गर्ने,
आफ्नोमा स्वयं न्यायाधीश ठान्नु राजनीति हो।

सुधार गृहमा राखी उपचार गर्नुपर्नेहरुलाई
जानीजानी शक्तिकेन्द्रमा तान्नु राजनिती हो।

निति, विधि पद्धतिको एउटै खिचडी पकाएर
अन्धाधुन्ध भद्रगोलमा गोल हान्नु राजनिती हो।

भांडमा जाओस् देश, भट्टिमा जाउन जनता
जसरी पनि आफ्नै विरासत धान्नु राजनीति हो।

–लक्ष्मण शर्मा पौडेल


प्रतिक्रिया दिनुहोस्