एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  २ : ५१


काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड १९ संक्रमण देखिएको छ।

शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन्।

संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन्। ‘परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो,’ उनले भनेका छन्।

यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोभिड १९ संक्रमण पुष्टि भएपछि उनी पनि आइसोलेसनमा छन्।


प्रतिक्रिया दिनुहोस्