चीन सबैभन्दा बढी कोरोना खोप लगाउने राष्ट्र, हालसम्म २ अर्ब ९२ करोड डोज खोप लगाइयो

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ३६


बेइजिङ। चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २ अर्ब ९२ करोडभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ।

सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो।

सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएतापनि विश्वको तुलनामा कोरोना भाइरस विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको हो। सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्