१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा रोक्यो

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : ३४


काठमाडौं । १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ ।

बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो ।

अब, अर्को लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३–० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस्