कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका प्रचण्डको स्वास्थ्यमा सुधार

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ८ : ५०


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

प्रचण्डको सचिवालयमा समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड(१९ कुनै लक्षण नभएको उल्लेख गरेकी छन् ।

चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताएकी छन् ।

माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका प्रचण्डलाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्