कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुख थपलियालाई कोरोना संक्रमण

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ५ : २५


काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी प्रमुख रामप्रसाद थपलियालाई कोरोनाभाइरस संक्रमण भएको छ।

उनी नेतृत्वको अघिल्लो बैठकले विद्यालय बन्द लगायत १३ बुँदे सिफारिसका आधारमा सरकारले १५ माघसम्म विद्यालय बन्द गरेको थियो। तर, थपलियालाई कोभिड देखिएपछि त्यसयता सीसीएमसीको बैठकसमेत बस्न सकेको छैन।

उक्त बैठकमा सहभागीहरू कन्ट्रयाक ट्रेसिङमा छन्।

प्रधानमन्त्री कार्यालका सचिव शिशिरकुमार ढुंगाना र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यसअघि कोभिड पुष्टि भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्