अनिल कपुरसँग हिन्दी चलचित्र ‘एनिमल’मा अभिनय गर्दै विपिन कार्की

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : ३९


काठमाडौं। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता विपिन कार्कीले अब बलिउडमा पनि अभियन गर्ने भएका छन्।

चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन्। विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन्।

विपिनले चलचित्र ‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको लागि बोलाएको हो। विपिनका अनुसार चलचित्रमा उनले अभिनेता अनिल कपूरसँग धेरै दृश्य शेयर गर्नेछन्।

विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले फोन गरेर चलचित्रका लागि प्रस्ताव गरेका थिए।


प्रतिक्रिया दिनुहोस्