मेमोरी किङ अर्पण शर्माले पाए वर्ष उत्कृष्ट प्रशिक्षक–२०७८ को अवार्ड

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ६ : ५७


काठमाडौं। तीव्र स्मरण शक्ति भएर गिनिज बुक अफ दि रेकर्डसमा नाम लेखाउन सफल झापाका अर्पण शर्माले ‘बर्ष उत्कृष्ट प्रशिक्षक–२०७८ को अवार्ड’ पाएका छन्।

विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपाल काठमाण्डौँँले हिमालय इन्टरनेश्नल अवार्डको विशेष समारोहको अवसरमा शर्मालाई यो अवार्डबाट सम्मानित गरेको हो।

आफ्नो तेज क्षमता आफैमा मात्र सिमित नराखेर नेपाल तथा विदेशमा रहेका नेपालीहरुमा पनि बाँड्न सफल भएको र धेरै युवा विद्यार्थीहरुलाई प्रतिभाशाली बनाएको योगदानको कदर गर्दै शर्मालाई यो पुरस्कार प्रदान गरिएको एरा मिडियाका अध्यक्ष प्रतिमा राइले जानकारी दिए।

सो पुरस्कार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री उमा रेग्मीले शर्मालाई हस्तान्तरण गरेका थिए।

शर्मा अयसअघि राष्ट्रिय युवा पुरस्कार २०७२, नेपाल जेसिज बर्ष उत्कृष्ट प्रतिभा २०२०, युवा प्रतिभा सम्मान २०७८, विश्व कीर्तिमानी तथा समाजसेवी अवार्ड लगायतबाट सम्मानित भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्