कोरोनाको हटस्पट बन्दै राजधानी काठमाडौं, एकै दिन थपिए १४९८ संक्रमित

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ५ : २८


काठमाडौं। काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ।

देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन्।

आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्