हेडसेट लगइँदिँदा गाईले धेरै दुध दिन्छ!

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ३ : २४


अंकारा। टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रुपमा बढी दुध दिएको बताएका छन्।

भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्रममा परेको मालिकले बताएका छन्।

मानिसमा प्रयोग हुँदै आएको भीआर सेटलाई सफ्टवेयरको रुपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न मिलाइएको छ। फिट गरिसकेपछि विज्ञहरुले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, ताकी भीआर हेडसेट गाईको आँखामा उपर्युक्त होस ।

हेडसेट राखेपछि गाईले दैनिक २२ लिटरबाट २७ लिटर दुध दिन थालेको अक्सारेका फार्म मालिक इजेट कोसाकले दाबी गरेका छन्। कोसाकका अनुसार वातावरणीय अवस्थाले गाईको स्वास्थ्य र दुध उत्पादनमा प्रभाव पार्छ।

भीआर ग्लासमार्फमत कोसाकले गाईलाई ठूलो घाँसे मैदान वरपर हिँडडुल गराउनुको अतिरिक्त रमाइला संगीत सुनाइदिएका थिए। रसियाको एउटा कम्पनीले गाईको लागि भीआर हेडसेटले विकास गरेको हो ।

पशु चिकित्सकहरुको सहकार्यमा गाईको सुरक्षा सुनिश्चितता गर्न भीआर हेडसेट्स पहिलो पटक मस्कोमा परीक्षण गरिएको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्