नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्य भन्छन्ः कुनै पनि पार्टीसँग एकता गर्दैनौं

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : १९


काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन्।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा माओवादी केन्द्र र अन्य कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पारे।

उनले भने, “हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको कुरा गरेका छैनौँ, उहाँहरु दुवै जनासँग पार्टी एकता हुन सक्दैन।”

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो। सिमाना र राष्ट्रियताको समस्या जटिल बन्दै गएको अवस्थामा सरकार चुप लागेर बसेको उनको आरोप थियो।


प्रतिक्रिया दिनुहोस्