दोषी पाइएपछि नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकले दिए राजीनामा

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ३ : २१


काठमाडौं। नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन्।

नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन्।

मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास ग्रुपले क्फ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्यो भन्ने विषयमा छानबिन समिति बनेको थियो।


प्रतिक्रिया दिनुहोस्