कस्तो छ आगामी तीन दिनको मौसम?

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : ११


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल प्रदेश नं २ वागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य वदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २३ गते (शुक्रबार)

राती : प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य वदली तथा बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेशका थोरै स्थानहरु र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

२०७८ पौष २४ गते (शनिबार)

दिउँसो : देशका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण वदली तथा बाकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावाना रही बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती: सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशमा सामान्य वदली रही प्रदेश न १, प्रदेश न २ र लुम्विनी प्रदेशमा आंशिक देखी सामान्य बदली रहने छ। देशका सुदूर पश्चिम प्रदेशका केही स्थानहरु र कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का वर्षाको सम्भावाना रहनुको साथै बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २५ गते (आईतबार)

दिउँसो : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य देखी पूर्ण बदली रही बांकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धरै स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य वदली तथा बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेशका थोरै स्थानहरु र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनुहुन महाशाखाको अनुरोध छ।


प्रतिक्रिया दिनुहोस्