नारायणहिटीमा रेस्टुराँ बनाउन दिने निर्णयबारे छानबिन गर्न मन्त्री आलेको निर्देशन

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : ०३


काटमाडौं । नारायणहिटीपरिसरमा बतास समूहलाई रेस्टुराँ सञ्चालन गर्न दिने निर्णय प्रकियाबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा समिति गठन गरेका छन्।

समितिलाई ३ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। नारायणहिटी भित्र रेष्टुरेन्ट बनाउन लागिएको समाचार सार्वजनिक भएसँगै सर्वत्र आलोचना भएपछि सरकारले संरचना बनाउन रोक लगाएको थियो।


प्रतिक्रिया दिनुहोस्