एनएमबी बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : ०६


काठमाडौं । एनएमबी बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा उक्त सभा सम्पन्न भएको हो ।

बैंकको यो वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट हाल कायम चुक्त पूजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरिएको छ।

साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुग्ने बताइएको छ। बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १६६ अर्ब र कर्जा १५८ अर्ब रहेको छ।

एनएमबी बैंकलाई दि फिनान्सियल टाइम्स, लन्डनद्वारा ‘बैंक अफ द इयर २०२१’ र ‘बैंक अफ द नेपाल २०२१’को उपाधिबाट सम्मानित गरिएको छ। बैंकले सन् २०१७, सन् २०१८, सन् २०२० र सन् २०२१ गरि चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबी बैंकले हाल नेपालभर २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा बैंकिङ सेवा प्रदान गर्दैछ।


प्रतिक्रिया दिनुहोस्