अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ८ : ४३


फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियास्थित एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ।

भवनमा २६ जना मानिस बस्दै आएकोमा ८ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् भने दुई व्यक्ति घाइते भएका छन्।

आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो नियन्त्रणमा ढिलाई भएको उद्धार अधिकारीले बताएका छन्।

सूचना ढिलो गरी प्राप्त भएको र उद्धार टोली घटनास्थलमा पुग्दा आगो भवनभित्र फैलिइसकेकोले ठूलो मानवीय क्षति भएको फिलाडेफियाको स्थानीय प्रशासनले बताएको छ।

बिद्युत शर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमानपछि थप अनुसन्धान सुरू भइसकेको छ। आगलागीका कारण भवनको अधिकांश भागमा क्षति भएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्