काठमाडौं। चीनले झण्डै ४ वर्ष लगाएर पानीमुनि बनाएको सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा ल्याएको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पूर्वी प्रान्त जियाङसुस्थित ताइहु तालमुनि बनाइएको सुरुङ मार्ग सञ्चालनमा आएको हो।
१०.७९ किलोमिटर लामो उक्त सुरुङ मार्ग चीनकै लामो सुरुङ मार्ग समेत हो। सन् २०१८ को जनवरी ९ देखि निर्माण थालिएको सो सुरुङ मार्ग सम्पन्न भएलगत्तै सवारी साधनका लागि खुला गरिएको सीएनएनले जनाएको छ।
सडक मार्गको रुपमा प्रयोग गरिने ताइहु सुरुङ मार्ग बनाउन १ अर्ब ५६ करोड अमेरिकी डलर लागेको थियो। यो सुरुङ मार्ग गत डिसेम्बर ३० गतेदेखि सञ्चालनमा आएको चाङझोउ–वुक्सी सडक मार्गको एक खण्डको रुपमा रहेको छ।
सुरुङ मार्ग प्रयोगमा आएसँगै शाङघाई र नानजिङबीच हुने यात्रा सहज हुने समाचारमा उल्लेख छ।