एमाले जिल्ला सचिवको हृदयघातबाट निधन

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ८ : ४३


रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ।

जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयाघातबाट उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ।

नेकपा एमाले रोल्पाका अनुसार रोकाको गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको हो।

विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गरेका रोकाले एमालेमा निरन्तर सक्रिय राजनीति गर्दै आएका थिए। पछिल्लो समय पार्टी विभाजन पश्चात् जिल्ला सचिवको जिम्मेवारीमा थिए। सचिव रोकाको निधन भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको छ।


प्रतिक्रिया दिनुहोस्