आजको राशिफलः कसको दिन कस्तो?

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ०४


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज कुनै समाचार सुन्नाले मनमा शान्ति छाउनेछ। आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक यात्राको योग पनि रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सहयोगी हातहरू अघि बढ्नेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाइदा होला । पुनर्मिलनको योग पनि रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज धार्मिक र मनोरञ्जनात्मक क्षेत्रमा भ्रमण हुनसक्छ। दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान पनि गर्नेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला। कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ। आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस्। सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ। तपाईले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ। सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ। परिवार र आफन्तजनले तपाईंले गरेको कामको निकै प्रसंशा गर्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रामा अनावश्यक समस्या आउनसक्छ। स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला। तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ। त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : व्यापारबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, परिवारबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कुमारी कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन्।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) : सातामा आजको दिन कार्यसिद्धि हुनेछ। तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ। यात्रा गर्नु अघि एकपटक सोच्नुहोला। यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला। परिवारका सदस्यहरुको साथ सहयोगले नयाँ काम हुनेछ। चन्द्रमाको साथ रहेको छ। बिहानको सूर्योदयको दर्शनपछि शुरु गरेको काम सफल हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्यसमस्या हुनसक्छ। मनमा अशान्ति जाग्नेछ। यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु होला। आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ। परिवारका सदस्यहरुले तपाईमाथि अनावश्यक आरोप पनि लगाउन सक्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ। काममा धैयता र नियमित काम बाहेक नयाँ काम नगर्नुहोला। ब्यापार ब्यबसायमा लाभ हुनेछ। शिवालय यात्रा फलदायी हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको दिन घर गृहस्थको लागि केही नयाँ सामग्री खरिद गर्न सक्नुहुनेछ।


प्रतिक्रिया दिनुहोस्