राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ८ : ५०


काठमाडौं । सरकारले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो।

खरेलसँगै राअविका अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी पनि गुप्तचर प्रमुख बन्ने दौडमा थिए। तर सरकारले हाल गुप्तचरको प्रशासन विभाग प्रमुख रहेका खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्