कोरोना खोप नलगाउनेहरुको जीवन ‘कष्टकर’ बनाउने फ्रान्सका राष्ट्रपतिको चेतावनी

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ५ : २६


पेरिस। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों खोप नलगाउने नागरिकहरुसँग रुष्ट भएका छन्।

निःशुल्क उपलब्ध गराइएको खोप लगाउन नमान्नेहरुको जीवन कष्टकर बनाउने म्याक्रोंले चेतावनी दिएका हुन्।

उनले फ्रान्सेली पत्रिका फ्रान्सेस ले परिसियनसँगको अन्तर्वार्तामा भनेका छन्,‘म खोप नलगाउनेहरुको जीवन कष्टकर बनाइदिन्छु।’

उनले आफूले यसै महिनाको १५ तारिखदेखि रेस्टुरेन्ट, होटल, सिनेमाघर, सपिङ सेन्टर खोप नलगाउनेलाई जान नदिने बताएका हुन्।

उनले जेल भने नहाल्ने बताएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्