भारतले उपहार दिएको हरिणको आक्रमणबाट पाराग्वेमा सेनाको मृत्यु!

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ३ : २५


दक्षिण अमेरिकी मुलुक पाराग्वेमा हरिणको आक्रमणबाट एक सेनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार राष्ट्रपति निवासभित्र रहेको बगैँचामा पालेको हरिणको आक्रमणबाट ४२ वर्षीय सेर्जेन्ट भिक्टर आइज्यासीको मृत्यु भएको हो।

खबरअनुसार राजधानी असुनसियन नजिकै रहेको राष्ट्रपति निवासमा रहेको सो हरिण भारतले उपहारस्वरुप पाराग्वेलाई दिएको थियो।

उपहारस्वरुप राष्ट्रपति निवासमा राखिएको सो हरिणको आक्रमणबाट आफ्ना सेनाको मृत्यु भएको पाराग्वेको सेनाले जानकारी पुष्टि गरेको छ।

सीसीटीभी फुटेजमा देखिएअनुसार आक्रमणमा पर्नुअघि ती सेना हरिण नजिक गएका थिए। लगत्तै उनीमाथि हरिणले आफ्नो सिङले आक्रमण गरेको थियो।


प्रतिक्रिया दिनुहोस्