अरुको फेसबुक आइडी ह्याक गरेर पैसा माग्ने युवक पक्राउ

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ०९


काठमाडौं । विभिन्न व्यक्तिको फेसबुक ह्याक गरेर पैसा माग्ने व्यक्ति पक्राउ परेका छन।

सर्वसाधारण लगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी उक्त आईडिको दुरुपयोग गरि आइडिमा भएका साथीहरुसंग नक्कली ब्यक्ती बनेर पैसा मागेको आरोपमा किरण पाठकलाई पक्राउ गरिएको छ।

बिभिन्न बाहाना बनाई आफुलाई अर्जेन्ट समस्या परेको भन्दै खातामा पैसा पठाउन लगाइ अनलाइन ठगी गरेको आरोपमा मोरङ पथरी शनिश्चरे न.पा. वडा नं.१० मंगलबारे घर भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई अनलाइन ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको छ।


प्रतिक्रिया दिनुहोस्