विमानको शौचालय भित्र नवजात शिशु रगतले लतपतिएको भेटियो, एक युवती गिरफ्तार

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ४ : ३९


एयर मोरिससको विमानको शौचालय भित्र एक नवजात शिशु फेला परेको छ।

बीबीसीका अनुसार विमानको शौचालय भित्रको फोहोर फ्याँकने भाँडोमा रगतले लतपतिएको अवस्थामा नवजात शिशु फेला परेको हो।

खबरअनुसार एयर मोरिससको उक्त विमान १ जनवरीमा म्याडाग्यास्करबाट मोरिससस्थित सर सिवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।

हाल बच्चा जन्माएर फोहोर फाल्ने भाँडोमा बच्चा फालेको आशङ्कामा म्याडग्यास्करकी २० वर्षीया एक युवतीलाई पक्राउ गरिएको छ।

विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका हुन्। शिशुलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएकाले हाल शिशुको अवस्था सामान्य भएको बताइएको छ।

बीसीका अनुसार पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेपनि चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भएको छ।

ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ।


प्रतिक्रिया दिनुहोस्