केही मिनेटको फरकमा जन्मिएका जुम्ल्याहाको जन्म वर्ष पनि फरक–फरक!

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ४ : १४


वासिङ्टन। अमेरिकामा हालै १५ मिनेटको फरकमा जन्मिएका जुम्ल्याहा बच्चाहरुको जन्म वर्ष पनि फरक–फरक हुने भएको छ।

जुम्ल्याहा भएता पनि उनीहरु फरक–फरक वर्षमा जन्मिएकाले उनीहरुको जन्म वर्ष फरक–फरक हुने भएको हो।

हिन्दुस्तान टाइम्सका अनुसार क्यालिफोर्नियाको अस्पतालमा एक बच्चाको मध्येरात १२ बजे अगाडि जन्म भयो भने अर्कोको १२ बजेपछि जन्म भएको हो।

संयोग के भने नाटिभिड्याड मेडिकल सेन्टरमा जन्मिएका जुम्ल्याहामध्ये एक नयाँ वर्षको पूर्व सन्ध्या अर्थात् २०२१ को अन्तिम क्षणमा जन्मिए भने अर्को २०२२ लागेको केही मिनेटमा जन्मिए।

यही कारण हो जुम्ल्याहा भएता पनि ती बच्चाहरुको जन्मवर्ष जन्मदर्तामा फरक फरक हुनेछ। अर्थात् एकको जन्मवर्ष २०२१ र अर्कोको २०२२ हुनेछ।

खबरअनुसार ती जुम्ल्याहा बच्चाको आमाको नाम फातिमा माद्रिगल हो। ती जुम्ल्याहा छोराहरुमध्ये छिटो जन्मिएकाको एलिन योलान्दा ट्रुजिलो राखिएको छ भने कान्छाको अल्फ्रेदो एन्टोनियो राखिएको छ।


प्रतिक्रिया दिनुहोस्