नेपाली सेनाको प्रवक्तामा सिल्वाल

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ३ : ४९


नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ।

उहाँले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नुहुनेछ।

उहाँ हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत हुनुहुन्छ।

प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ।

हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ। रासस


प्रतिक्रिया दिनुहोस्