२८ दिनदेखि अचेत महिलालाई यौनशक्ति बढाउने औषधि ‘भियग्रा’ दिँदा होस खुल्यो!

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : २६


लन्डन। बेलायतमा २८ दिनदेखि अचेत महिला होसमा आएकी छिन्। डेलीमेलका अनुसार कोरोना संक्रमणपछि ३७ वर्षकी नर्स मोनिका अल्मिडा कोमामा गएकी थिइन्।

चिकित्सकहरुले पुरुषको यौन शक्ति बढाउने औषधि उनमा प्रयोग गर्दा त्यसले काम गरेको र उनी होसमा आएको बताइएको छ। भियग्रा उच्च रक्तचाप र महिला तथा पुरुषको शारिरिक क्षमता अभिवृद्धिको लागि पनि प्रयोग हुन्छ।

प्रयोगात्मक उपचार व्यवस्था अन्तर्गत उनलाई अस्पतालले भियग्रा दिएको हो। मोनिका दुई सन्तानकी आमा हुन् र उनले कोरोनाको दुबै खोप लगाएकी थिइन्।

तर उनलाई अक्टोबर ३१ मा कोरोना संक्रमण देखिएको थियो भने नोभेम्बर ९ मा अस्पताल भर्ना गरिएको थियो।

त्यसपछि बेहोस भएकी उनी कोमामा थिइन्। प्रयोगात्मक उपचार अन्तर्गत उनलाई भियग्रा दिइँदा उनी होसमा आएपछि भियग्रा अन्य रोगको लागि पनि उपयोगी हुन्छ भन्ने थाहा भएको छ।

पोर्चुगलमा जन्मिएकी यी नर्सको स्थिति ज्यादै नाजुक भइसकेको थियो सोही कारण उनलाई अन्तिम पटक भेट्न पोर्चुगलबाट उनका आमाबुवासमेत आएका थिए।

तर भियग्राको प्रयोगपछि उनी डिसेम्बर १४ तारिखमा कोमाबाट ब्यूँझिइन्। उनलाई क्रिसमसको पूर्वसन्ध्यामा घर जान दिइयो।

मोनिका भन्छिन्,‘मैले पुनर्जिवन पाए र यो मलाई क्रिसमसको उपहार भयो।’


प्रतिक्रिया दिनुहोस्