राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : १५


काठमाडौं । संघीय संसद अन्र्तगतको राष्ट्रिय सभाको अर्को बैठक पुस २५ गते बस्ने भएको छ।

संसद सचिवालयले पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने बैठक बस्ने जानकारी दिएको छ।

यसअघि ५ पुसमा बसेको बैठकले अर्को सूचना जारी बैठकको मिति र समय पछि तोक्ने उल्लेख गरेकाले सोहीअनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोकेका हुन्।

संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्