आइफोन निर्माता ‘एप्पल’ ३० खर्ब अमेरिकी डलरको पहिलो कम्पनी बन्यो

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १० : ३५


वासिङ्टन। विश्व चर्चित स्मार्टफोन आइफोन निर्माता कम्पनी ‘एप्पल’ ३० खर्ब डलरको पहिलो कम्पनी बन्न सफल भएको छ।

सीएनएनका अनुसार सोमबार एप्पल कम्पनीको बजार मूल्य ३० खर्ब डलरभन्दा माथि पुगेको हो।

यसअघि एप्पल सन् २०१८ मा १० अर्ब डलरको कम्पनी भएको थियो। सन् २०२० मा एप्पलको बाजर मूल्य २० खर्ब पुगेकोमा सन् २०२२ को सुरुवातमै यसको बजार मूल्य ३० खर्ब पुगेको हो।

सन् २०२१ मा एप्पलको सेयर ३५ प्रतिशतले बढेपछि एप्पलको बजार भाउ बढेको बताइएको छ।

एप्पलको आईफोन १३ स्मार्टफोन लगायत अन्य सामग्रीको विक्री बढ्नाले यस कम्पनी फाइदामा गएको हो।

एप्पल पछाडि माइक्रोसफ्ट, गुगल, अमेजन, टेस्लाजस्ता कम्पनी बहुमूल्य कम्पनी हुन्।

माइक्रोसफ्टको बजार मूल्य २५ अर्ब डलर हो भने गुगलको बजार मूल्य २० अर्ब डलर हो। यस्तै अमेजनको बजार मूल्य १७ अर्ब डलर हो भने टेस्लाको बजार मूल्य १२ अर्ब अमेरिकी डलर रहेको छ।


प्रतिक्रिया दिनुहोस्