एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ८ : ४३


काठमाडौं । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ ।

चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्दै पीएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । सोमबार राति भएको खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । त्यसपछी ५९, ७१ र ७६ मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे ।


प्रतिक्रिया दिनुहोस्