भारतीय सेना मारिएको गलवानमा फहराइयो चिनियाँ झण्डा, चीन भन्छः जमिन एक इन्च छाड्दैनौं

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ५ : ४६


काठमाडौं। दुई वर्ष अगाडि भारत र चीनका सेनाबीच विवादित सीमा क्षेत्र गलवान उपत्यकामा हिंस्रक झडप भएको थियो।

सन् २०२० जुन १५ का दिन सो सीमा क्षेत्रमा भएको झडपमा २० भारतीय सेना र ५ चिनियाँ सेनाको ज्यान गएको थियो।

गलवान उपत्यका सीमांकन नगरिएको भूभाग हो जहाँ चीन र भारत दुवैले दाबी प्रस्तुत गर्दै आएका छन्। सो क्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल एलएसी अन्तर्गत पर्दछ।

भारत र चीनबीचको सम्झौता अनुसार एलएसीमा दुवै देशका सेना पस्न पाउँदैनन् र गोलाबारी गर्न पाउने छैनन्। तर दुई वर्ष अगाडि दुवै देशका सेनाले एकअर्काविरुद्ध एलएसीको नियम तोडेको आरोप लगाए।

How Galwan braves fought in remote Ladakh valley, became heroes | Latest News India - Hindustan Times

एकले अर्कालाई गलवानमा घुसेको आरोप लगाउँदै झडपमा उत्रिए। सो क्रममा उनीहरुबीच गोलाबारी त भएन तर भाला, ढुंगा, काँडे तारजस्ता हतियारले हानाहान भयो।

लद्दाखको सीमा क्षेत्रमा भएको उक्त झडप विश्वभर प्रमुख समाचार बनेको थियो। हालसम्म पनि सीमा विवाद साम्य भएको छैन।

यसबीचमा चिनियाँ सेनाले भारतीय सेना मारिएको सोही गलवान उपत्यकामा चिनियाँ झण्डा फहराएको छ। अंग्रेजी नयाँ वर्षको दिन चिनियाँ सेनाले एक भिडिओ सन्देश जारी गरेको छ।

त्यहाँ भारत र चीनले दाबी गर्ने सीमा क्षेत्रमा चिनियाँ झण्डा फहराइएको छ भने आफ्नो जमिन एक इन्चपनि नछाड्ने चिनियाँ सेनाले बताएको छ।

भारतीय विपक्षी पार्टी काँग्रेसले चिनियाँ कार्यको विरोध जनाएको छ।

काँग्रेसका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता राहुल गान्धीले गलवान उपत्यकामा भारतीय झण्डा फहराउन मात्र सुहाउने भन्दै मोदी सरकराले यो विषयमा तत्काल प्रतिक्रिया जनाउनु पर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्