नेपाल आइडलबाट परिचित बनेका उल्सन श्रेष्ठ र सन्ध्या जोशीले विवाह गर्दै

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ४ : ३६


काठमाडौं। नेपाल आइडल सिजन एकका दुई चर्चित प्रतिस्पर्धी गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशी विवाह बन्धनमा बाँधिने भएका छन्।

आगामी माघ २७ गते यी दुईबीच विवाह हुने भएको हो। नेपाल आइडलबाट सुरुवात भएको प्रेम यात्रालाई उनीहरुले वैवाहिक रुप दिन लागेका हुन्।

सन्ध्या आइडलमा अन्तिम १० मा प्रवेश गरेकी थिइन् भने उल्सन अन्तिम आठमा पुग्न सफल भएका थिए।


प्रतिक्रिया दिनुहोस्