थपिए ३२६ कोरोना संक्रमित, २ जनाको मृत्यु

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ४ : ०८


पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १२ हजार ४९८ जनामा परिक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै, आज थप २५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९८ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्