संक्रमित हुँदा चुपचाप घुम्न गएकी महिलाबाट कोरोना सरेर क्यान्सरबाट बचेकी वृद्धाको मृत्यु

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ३ : ३३


ओहायोः अमेरिकामा एक ८२ वर्षकी वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

डेलीमेलका अनुसार क्यान्सरबाट बचेकी वृद्धाको कोरोना संक्रमित हुँदा पनि चुपचाप घुम्न गएकी महिलाबाट कोरोना सरेर मृत्यु भएको हो।

ओहायो राज्यकी बार्ब बार्तोलोभिचले पूर्ण डोज खोप लगाएकी थिइन्। खोप लगाइसकेकाहरु मिलेर तास खेल्ने र रमाइलो गर्ने कार्यक्रम आयोजना गरिएको थियो।

तर सो क्रममा एक महिला जो कोरोना संक्रमित थिइन् उनी पनि सो भेलमा उपस्थित भइन्। कोरोना लागेपछि आइसोलेसनमा बस्नुपर्नेमा ती महिला त्यहाँ घुमघाम र भेटघाटको लागि गएपछि वृद्धामा कोरोना संक्रमण भएको थियो।

अन्ततः उनको मृत्यु भएको हो। बार्ब बातौलोभिचका परिवारले यो घटना ज्यादै दुखदायी भएको बताउँदै कोरोना संक्रमित भएर घुम्नेलाई गैरजिम्मेवार भनेका छन्।


प्रतिक्रिया दिनुहोस्