पिर्के सलामीबारे मन्त्री झाँक्री भन्छिन्-‘आलोचना हुन्छ भन्ने थाहा थियो, तर यो सामान्य प्रकृया हो’

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  २ : २३


काठमाडौं । हाल गृहजिल्ला गुल्मीमा रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पिर्के सलामी लिएको तस्विर सामाजिक सञ्जालमा भाइरल छ।

आफू सत्ताबाहिर हुँदा अरुको सलामीप्रति कटाक्ष गर्ने झाँक्रीले आफू मन्त्री हुँदा सलामी खाएको भन्दै केहिले उनको आलोचना गरिरहेका छन।

नेताहरूले पिर्के सलामी, कुर्सी सलामी, खादा लगाउने जस्ता गतिविधि गर्दा सामाजिक सञ्जालमा चर्को आलोचना गर्ने झाँक्रीले अहिले त्यही व्यहोरा सिको गरेपछि आलोचना भएको हो।

मदाने गाउँपालिका पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालय निरीक्षण गर्ने कार्यक्रम प्रहरीले झाँक्रीलाई सलामी दिएको थियो। रातो पिर्कामा सलामी खाएको तस्बिर भाइरल भएपछि हाल मन्त्री झाँक्रीको सचिवालयले यस बारे खण्डन गरेको छ।

मन्त्री झाँक्रीको सचिवालयले अलाोचना हुन्छ भन्नेबारे पहिल्ये थाहा रहेको र प्रहरीले विशिष्ट व्यक्तिलाई सम्मान गर्ने सामान्य प्रकिया रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्