बिरालोका कारण दक्षिण कोरियामा सय बढी घरमा आगलागी

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ५९


एजेन्सी। दक्षिण कोरियामा बिरालोका कारण आगलागीका घटना बढेको भन्दै सर्तक हुन चेतावनी दिइएको छ।

विगत ३ वर्षको अवधिमा १०० घरमा बिरालोका कारण आगलागी भएको तथ्य सार्वजनिक भएपछि राजधानी सोलका अधिकारीहरूले बिरालो पाल्दा ध्यान दिन चेतावनी दिएका छन्।

सोल महानगर अग्नि तथा प्रकोप विभागले जारी गरेको विज्ञप्तिमा २०१९ को जनवरीदेखि यो वर्षको नोभेम्बरसम्म १०७ घरमा बिरालोकै कारण आगो लागेको उल्लेख छ।

बिरालाले विद्युतीय स्टोभहरूमा स्वीच अन गरेर आगो लागेको बताइएको छ। टच सेन्सेटिभ बटनहरूमा बिरालोको हिँडाइले खुल्ने गरेको छ। त्यसपछि विद्युतीय चुलोहरू अधिक तात्ने पाइएको छ। अधिक तातेपछि स्वतः आगो लाग्ने गरेको पाइएको हो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्