श्रीमती मधुको शंका गर्ने स्वभाव मन पर्दैन राजेश हमाललाई!

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : ४६


काठमाडौं। नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालले आफ्नी श्रीमती मधु भट्टराईको शंका गर्ने स्वभाव आफूलाई मन नपर्ने बताएका छन्।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा हमालले श्रीमतीको सबै बानी राम्रो भएको तर शंका गर्ने स्वभाव मन नपर्ने बताएका हुन्।

विवाहको आठौं वर्षमा हमाल र भट्टराई हाँसीखुशी जीवन गुजारा गरिरहेका छन्। यसबीचमा सो अन्तर्वार्तामा हमाल र भट्टराईको स्वभावबारे चर्चा हुँदा हमालले श्रीमतीको शंका गर्ने स्वभाबबारे खुलाएका हुन्।

उनी भन्छन्,‘कुनै युवतीले भेटौं न त भनेर म्यासेज गरेको हुनसक्छ। त्यस्तोमा पृष्ठभूमि नबुझी श्रीमती रिसाउँदा मलाई पनि रिस उठ्छ। महिला पत्रकारले अन्तर्वार्ताको समय लिन सकेको हुन्छ अथवा विशेष काम हुनसक्छ।’

हमालले शंका गर्ने बानीबारे बोलिरहँदा भट्टराईले महिलाको स्वभाव नै शंका गर्ने खालको हुने भएकाले त्यस्तो कुरामा नरिसाउन श्रीमान हमाललाई आग्रह गरेकी छिन्।

सो क्रममा श्रीमान अति व्यस्त भएकाले पनि आफूले घरमै बसेको उनले खुलाएकी छिन्। राजेश हमालले सो क्रममा आफूलाई मनपर्ने फुटबलर मेस्सी भएको पनि उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस्