गायक राजेश पायलमाथि हातपात गर्ने दावा शेर्पाले रक्सी चढाएर माफी मागे

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ५५


काठमाडौं। हालै अमेरिकामा आयोजिक कार्यक्रममा गायक राजेशपायल राईमाथि दुर्व्यबहार भएको भिडिओ सार्वजनिक भएको थियो।

अमेरिकामै बस्ने पासाङ दावा शेर्पाले मदिराले लठ्ठिएका बेला राजेश पायल राईमाथि हातपात गरेका थिए। यतिबेला तिनै शेर्पाले गायक राईसँग माफी मागेका छन्।

शेर्पा सँस्कृती अनुसार उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन्। राई सँस्कारमा पनि आफूभन्दा ठूलालाई हातपात गरेपछि माफीमाग्दा रक्सी चढाएर शिर उभ्याउने गरिन्छ।

सार्वजनिक भएको तस्बिरमा गायक राई र शेर्पा एकसाथ खुशी भएको देख्न सकिन्छ। यसैबीच गायक राईले पनि एक भिडिओ सार्वजनिक गरेका छन् जहाँ उनले आफूले शेर्पालाई माफी दिएको बताएका छन्।

शेर्पाले भिडिओमा आफू राजेशपायलको ठूलो फ्यान भएको र उनलाई अँगालो मारेर बोक्न खोज्दा अन्जानमा दुर्व्यबहार जस्तो देखिएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्