क्यान र खेलाडीबीच सहमति, कप्तान नफेरिने

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : २६


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र अनुशासनको कारबाहीमा परेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीबीच सहमति भएको छ।

आज दुवै पक्षबीच सहमति भएसँगै सोमबार बिहान ९ बजेसम्म सम्पूर्ण खेलाडी बन्द प्रशिक्षणमा सामेल हुने भएका छन्।

सहमति अनुसार पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमाथिको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ। तर, क्यानले हाल कप्तान नियुक्त गरेका सन्दीप लामिछाने भने नफेरिने भएका छन।

यसअघि क्यानले अनुशासन उलंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि कारबाही चलाएको थियो।


प्रतिक्रिया दिनुहोस्