सिके राउतका कार्यकर्तामाथि प्रहरीले चलायो गोली, ५ घाइते, दुईको अवस्था गम्भीर

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ३ : ४७


धनुषा। प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको छ।

प्रहरीको गोली लागेर जनमत पार्टीका पाँच कार्यकर्ता घाइते भएका छन्। प्रहरीको गोली लागेर घाइते हुनेहरूमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन्।

वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बताइएको छ।

आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गोली र १६ सेल अश्रुग्यास प्रहार गरेको हो । गोली लागेर गम्भीर घाइते उनीहरूलाई वीरेन्द्रबजार लगिएको छ । टाउकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ।


प्रतिक्रिया दिनुहोस्