नेपाली सेनामा २२९ जना अधिकृत क्याडेटका लागि जागिर खुल्यो

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  २ : ५८


काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दर्खास्त आह्वान गरेको छ।

आइतबार सेनाले २२९ जना अधिकृत क्याडेटका लागि दर्खास्त आह्वान गरेको हो।

खुलातर्फ १२० जनाको कोटा छ। यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ


प्रतिक्रिया दिनुहोस्