फेरि संशोधन भयो माओवादी निर्वाचन तालिका

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  २ : ३१


काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संशोधन भएको छ ।

नयाँ केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी टीम सर्वसम्मत बनाउने प्रयासस्वरुप माओवादी स्थायी कमिटी बैठक जारी रहँदा निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको हो ।

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्