पाल्पामा मलामी बोकेको बस दुर्घटना, मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १ : ३१


काठमाडौं । पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ। ८ जनामध्ये २ जनाको सनाखत हुन सकेको छैन। सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन्।

मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५ वर्षीय शङ्कर विश्वकर्मा, सोही स्थानका २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन्।

त्यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानका खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ।

बुटवलबाट रिडी शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खस्दा दुर्घटना भएको हो।

बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीमा लगिएकोे बस दुर्घटना भएको थियो।

दुर्घटनाबाट परी १६ जना घाइते भएका छन्। घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

ओरालो घुम्तीमा बस दुर्घटना भएको छ। चिप्लो सडकमा ओभर स्पिडले गर्दा दुर्घटना भएको प्रहरीको ठमाइ छ। घाइतेलाई स्थानीयवासिन्दा र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो। बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्